किसानको पसिनाबाट घर-घरमा शुद्ध चामल
राइस नेपाल एग्रो फूड्स नेपाली उत्पादनलाई प्रोत्साहन गरौ किसानहरु सँग सहकार्य गरेर नेपाली माटोलाई उव्जाउ भुमिमा प्रणित गर्ने प्रयत्न गरी बिदेशी आयतित हैन स्वदेशी उत्पादनलाई महत्व दिने एक मात्र पुर्ण स्वचालित एग्रो फर्म हो। हामी पेट भर्न मात्रा हैन श्वासथ शरीरको लागि बिसादिको बलमा हैन किसानको थोपा थोपा पसिना बाट उत्पादित प्राक्रतिक गुणले भरी पूर्ण हिमाल पहाड तराइका जमिनमा उत्पादित आफ्नै देशको लोकल उत्पादन परिवारअलाई सन्तुस्टी स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने रहेको छ । स्थानिय र प्रदेश सरकारले किसान र हामी सँग हातेमालो गरेर काम गर्न सक्यौ भने देशमा बेरोजगार हुनु पर्दैन बिदेशी भुमिमा बगाउने पसिना आफ्नै भुमिमा बगाउन सकिन्छ त्यसको प्रतिफल दिने ग्यारेन्टी गरेर ल्याउने व्यवस्था गर्न सके किसानले मेहनत को उचित प्रतिफल प्राप्त गर्नसक्छन। विदेशी आयतित खाद्यन्नले अधिक समस्या ल्याएको छ । त्यसको समाधानको लागि हामीले बाटो जमिनलाई बाटवरण अनुसारको खेती फलफुल लगाएर आम्दानिको साथ हराभरा गराउने उद्देश्य लिएका छौ । त्यसको लागि बिभिन्न समुह किसान स्थानिय निकायहरु सँग पनि छलफल गर्दै सहकार्य गर्दै अगाडि बड्ने छौ ।
किसान बाट उत्पादित उत्पादनहरु हामी मार्फत सिधै उपभोक्ताको घर सम्म पुर्याउने प्रतिपद्दता लिन्छौ । यसकारण हामीसंग किसानहरुको स्वामित्व स्वतः आउछ। प्रविधि कृषि जानकारी कृषि विज्ञ र कृषि प्राविधिक संग किसान अन्तरक्रिया कार्यक्रम गरि, किसानहरुलाई कृषि सम्बन्धि प्राविधक सँग सहकार्य गराउने पनि हाम्रो प्रमुख दायित्व रहने छ जसले गर्दा किसानहरुलाई बलि लगाउने, हेरचाह र मलजल सम्बन्धि जानकारी लिएर उत्पादन बढाउन सक्नेछन। उपभोक्ता बजारमा गुणस्तरीय खाद्द्यन्नको खोजीमा छन् । बजारमा गुणस्तरीय खाद्द्यन्नको उपलब्धता निकै कम रहेको छ । अझ सिमापारीबाट आएका चामलहरु लगायत अन्य खाद्द्यन्नको गुणस्तरको प्रमाणिकरण भएको पाईदैन । उपभोक्ता खाद्द्यन्नको रोजाईमा सिमिततामा बस्न बाध्य भएका छन् । अब राइस नेपालले किसानसँगको सहकार्यमा गुणस्तरीय चामल, दाल, गेडागूडी, परम्परागत खाद्द्यन्नको सहज र सरल ढंगले उपभोक्तामाझ सिधै ल्याउने योजना अनुरुप कार्य गरिरहेको छ ।